Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


घलेलाई एन्फाको मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश


0
Shares

काठमाडौं, फागुन १० । टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)को नाममा आदेश जारी छ ।

गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताए ।

गत माघ ३ गते एन्फाको कार्यसमिति बैठकले घलेलाई मनोनीत गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो ।

कार्यसमितिले गत वैशाखमा भएको निर्वाचनलगत्तै उनलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो ।

कर्माछिरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गरेका घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो । रासस