
काठमाडौं, फागुन १० । मकवानपुरको भीमफेदी कारागारका जेलर ७५ हजार रुपैयाँ घुससहित शुक्रबार पक्राउ परेका छन् ।
जेलर मदन अधिकारीलाई कारागारका चौकीदारबाट लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
हेटौंडाबाट खटिएको अख्तियारको टोलीले घुस रकम लिइसकेपछि उनलाई निवासबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्