Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


काठमाडौंद्वारा डीपीएल बहिष्कार, उपाधिका लागि अत्तरिया र महेन्द्रनगरको भिडन्त


0
Shares

बिराज रोस्यारा

कैलाली, फागुन १० । धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ । उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडँसगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।

योसँगै डीपीएलको उपाधिका लागि शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड भिड्ने भएका छन् । नियमविपरित बलिङ गरेको भन्दै काठमाडौंका महत्वपूर्ण खेलाडी समेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट बनेको थियो ।

जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् । कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा ब्यापक अनुसन्धानपछि मात्र प्रतिबन्धको निर्णय लिइने भए पनि अध्ययन अनुसन्धान विना नै प्रतिबन्ध लगाइएको काठमाडौं गोल्डेन्सको आरोप छ ।