Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


झापा र मोरङमा सिरुवा पर्व धुमधाम मनाईंदै


0
Shares

तराईका आदिवासी समुदायले विशेष पर्वका रुपमा तीन दिनसम्म मनाउने सिरुवा पर्व आज जल सिरुवा, भोली काद् सिरुवा र पर्सी रंग सिरुवा खेल्दै मनाउने चलन छ ।

जल सिरुवामा एकापसमा पानी छ्यापाछयाप् गरेर आफूभन्दा ठूलाबडाबाट आर्शिवाद लिए वर्षभर शितलता प्राप्त हुने विश्वास छ ।

यस पर्वमा राजवंशी समुदायले कुलदेवताको पूजाआजा गर्नुका साथै नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दछन् ।

सिरुवा पर्वमा चैत्र मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पकवान नयाँ वर्ष बैशाख १ गते खाने चलन छ ।