Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मोरङमा सबै १७ स्थानीय तह कार्यान्वयनमा, तर कर्मचारी अभाव


0
Shares

तर, कर्मचारी अभाव, भौतिक पूर्वाधार र झन्झटिलो कानुनी प्रक्रियाका कारण गाउँपालिका कार्यालयदेखि सेवाग्राहीसम्मले समस्यै–समस्या व्यहोर्नुपरेको छ ।

नयाँ संरचनामा स्थानीय तहबाट सेवा प्रवाह गर्न जनशक्तिको कमी छ । यो समस्या बढीजसो वडा तहमा देखिन्छ ।

मोरङ जिल्लामा विराटनगर उपमहानगरपालिकासहित ८ नगरपालिका, ८ गाउँपालिकासहित १७ ओटा स्थानीय तह रहेका छन् ।

स्थानीय तह कार्यान्वयमा आएपनि धेरै जसो नागरपालिका र गाउँपालिका साथै वडा तहसम्म जनशक्ति एंव भौतिक पूर्वाधार अभाव कायम रहेको छ ।

सबैभन्दा बढी लेटाङ, केरावारी, मिक्लाजुङ, रतुवामाई र सुनवर्षी नगरपालिका जदाहा गाउँपालिका कार्यालयअन्तर्गतका वडा कार्यालयमा जनशक्ति अभाव रहेको छ ।

नयाँ संरचनाअनुसार पछिल्लोपटक यी नगरपालिका र गाउँपालिका थपिएका हुन् । थप गरिएका नगरपालिका र गाउँपालिका कार्यालयअन्तर्गत् अधिकांश वडा कार्यालयहरुमा जनशक्ति अभावमा संयुक्त वडा कार्यालय सन्चालन गरिँदै आएको छ ।

स्थानीय तह शासन सन्चालन आदेशमा वडा कार्यालयका लागि तीन कर्मचारी अनिर्वाय तोकिएको छ ।

सुन्दर-हरैचा नगरपालिकाका सूचना अधिकृत चन्द्रमणि लुइँटेल सुन्दर-हरैचा नगरपालिका बनेपछि कर्मचारीको अभावमा वडा कार्यालय व्यवस्थापनमा समस्या परेको बताउँछन् ।

सुन्दर-हरैचा नगरपालिकामा १२ वडा रहेकोमा हाल १, ४, ६ र १२ वडा कार्यालय एकै भवनवाट सन्चालन गरिँदै आएको छ ।

जिल्ला समन्वय समिति मोरङकाअनुसार नगरपालिका एव गाउँपालिकाको हकमा लेखा, प्रशासन सहायक, प्राविधिकलगायत कर्मचारीको बढीजसो अभाव हुँदै आएको छ ।

स्थानीय तहमा पूर्ण क्षमतामा कार्यालय सन्चालन गरी सेवा प्रवाह गर्न भौतिक संरचना, सूचना प्रविधि र जनशक्तिको अभाव रहेको छ ।

स्थानीय तह कार्यान्वयमा आएपछि हाल विभिन्न नगरपालिका र गाउँपालिकाबाट कम्तीमा ३० जना प्राविधिकसहितको कर्मचारीको माग भएको स्थानीय विकास अधिकारी शोभाकर रेग्मी बताउँछन् ।

तल्लो तहसम्म जनतालाई सेवा प्रवाह गर्ने उद्देश्यलाई साकार तुल्याउन तत्काल कार्यान्वयमा आएका स्थानीय तहमा कर्मचारी पदपूर्तिदेखि कार्यालयको व्यवस्थापनका लागि भौतिक पूर्वाधारलगायतको व्यवस्थापनमा सरकार लाग्न जरुरी देखिएको छ ।