Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नयाँवर्ष मनाउने आ–आफ्नै चलन, काठमाडौंमा उल्लास (भिडियोसहित)


0
Shares

नयाँवर्षलाई सुदूरपश्चिममा विषु पर्वकोरुपमा मनाइन्छ भने पूर्वको ताजपुरिया समाजले सिरुवा पर्वकोरुपमा मनाउने गर्दछन् ।

राजधानीमा बस्दै आएका सुदूरपश्चिमेलीहरुले शुक्रबार प्रज्ञा प्रतिष्ठानमा भव्यरुपमा विषु पर्व मनाएका छन् ।

देउडा समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न दलका नेताहरु, कलाकालहरु तथा सुदूरपश्चिमका सर्वसाधारणको सहभागिता रहेको थियो ।

सहभागीहरुले देउडा गीत गाउने र नाच्ने गरेका थिए । यस पर्वमा हिजो साँझ दहीमा भिजाएको चामल खाने प्रचलन पनि रहेको छ ।

त्यस्तै, सानाले ठूलालाई र देवरले भाउजुलाई सिस्नुपानीले हान्ने पनि गरिन्छ ।

वर्षभरि नै विष नलागोस् भनेर सिस्नुपानी हान्ने चलन रहेको बताउँछन्, देउडा गायक नन्दकृष्ण जोशी ।

शुक्रबारै राजधानीको खुलामञ्चमा ताजपुरिया समुदायले सिरुवा पर्व मनाएका छन् ।

ताजपुरिया समाज कल्याण परिषदले आफ्नो संस्कृतिको संक्षण तथा संबद्र्धन गर्ने उद्देश्यले काद सिरुवा पर्व आयोजना गरेको हो । यो पर्वको विशेषता भनेको एक अर्कामा हिलो छ्पाछ्याप गर्नु हो ।

यस पर्वमा अघिल्लो वर्षको अन्तिम राति सात प्रकारका साग–सब्जी पकाएर राख्ने र नयाँवर्षको दिन खाने चलन ताजपुरिया समुदायमा रहेको छ ।

ताजपुरिया समुदायले वर्षभरि सुख–शान्ति मिलोस् भन्ने कामनासाथ यस अवसरमा आफ्ना कुलदेवताको पूजा पनि गर्ने गर्दछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।