Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आर्थिक स्रोतको अभावमा विद्यालय भवन निर्माण अलपत्र


0
Shares

बेनी नगरपालिका फापरखेतस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत वर्ष शुरु गरिएको भवन निर्माण आर्थिक अभावमा अलपत्र परेको हो ।

सांसद विकास कोषबाट १ लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजारका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुई कोठे कक्षा कोठा निर्माण शुरु गरिएको थियो । तर, गत वर्षातमा निर्माणाधीन अवस्थामै भवनभन्दा माथिबाट पहिरो खसेर भवन भत्काएपछि निर्माण अवरुद्ध बनेको हो ।

भवन नहुँदा विद्यार्थीले सास्ती ब्यहोर्नु परेको छ । स्थान अभावमा दुईवटा कक्षालाई एउटैमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालयलाई आवश्यक सहयोग गरिने बचन दिएका छन् ।