Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


घर निर्माणका लागि दोस्रो किस्ता लिन अझै एक हप्ता कुर्नुपर्ने


0
Shares

अनुदान वितरणमा अझै एक हप्ता लाग्ने जिल्ला समन्वय समिति धादिङले जनाएको हो । पहिलो किस्ता लिएर घर निर्माण शुरु गरेका भूकम्प पीडितहरुले प्राविधिक अभावका कारण प्रक्रिया पूरा गर्न नपाउँदा दोस्रो किस्ता लिन नसकेका हुन् ।

कतिपयले त अझैसम्म पनि पहिलो किस्ताको रकम नपाएको गुनासो गरेका छन् । दोस्रो किस्ताका लागि जिल्लाभरबाट पाँच सय भूकम्प पीडितले आवेदन दिएपनि उनीहरुले राहत पाउन अझै केही समय कुर्नुपर्ने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङका प्रमुख दिलिप भण्डारीले जानकारी दिए ।

धादिङमा पहिलो किस्ता बुझेका ६५ हजार लाभग्राही मध्ये सातहजार पाँच सयले घर निर्माण थालेका हुन् । जिल्लामा भूकम्पबाट भत्किएका करीब ८१ हजार घरको पुनर्निर्माण गर्नुपर्नेमा पुनर्निर्माण प्राधीकरणको सूचीमा भने ७४ हजार मात्र परेका छन् ।