Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आगलागीबाट ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट


0
Shares

आगलागीबाट ११ ओटा घर जलेको छ भने १५ ओटा खसी जलेर मरेको प्रहरीले जनाएको छ । सदरमुकाम राजविराजबाट पुगेको बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

विजेश्वर यादवको घरमा गहुँ दाउने क्रममा भूसमा आगो सल्किएर आगजनी भएको हो । आगलागीमा परी विसहरिया गाविसका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद यादवको दुई ओटा घर जलेको छ भने दुई चौपाया जलेका छन् ।

वीरेन्द्र यादवको एउटा घर, डिजे, टेन्टका सामान जलेर नष्ट भएको छ ।