थिमिमा चैत मसान्तदेखि सुरु भएको विस्केट जात्रा मध्ये विशेष रुपमा मनाइने सिन्दुर जात्राको सुरुवातमा विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ भने शुक्रबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो ।
विस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानियहरु रमाईलो गर्ने भएकाले पनि यसलाई सिन्दुरे जात्रा भनिएको हो ।










प्रतिक्रिया दिनुहोस्