Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बुद्धकृष्णले पाचौं पटक यसरी छेडाए जिब्रो(भिडियो हेर्नुहोस)


0
Shares

प्रत्येक वर्ष वैशाख २ गते मनाइने जात्रामा यस बर्ष थिमी बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडने गरेका हुन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिरको प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार ब्रत बसेका श्रेष्ठले पाँचौ पटक जिब्रो छेडाएका हुन् । जिब्रो छेड्ने जात्रालाई सहकालको देवताको रुपमा समेत मान्ने गरिन्छ ।

रोगब्याध नलागोस, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्रार्थना स्वरुप सहकालको देवताको पूजा गरिएको जनविश्वास रहेको छ ।