Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


शौचालयको ट्याङ्कीमा बालकको शव फेला


0
Shares

 

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव आज आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद बरालले जानकारी दिए ।

प्रहरीले शव भेटेलगत्तै बालकका बुबा देवनारायण र सौतेनी आमा रीनादेवीलाई नियन्त्रणमा लिएको छ ।

बालकको हत्या गरेको आशङ्का प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

छोरा हराएको भन्दै सौतेनी आमा रीनादेवीले बिहीबार वडा प्रहरी कार्यालय मुजेलियामा निवेदन दिएकी थिइन् । खोजतलासको क्रममा बालकको शव शौचालयको ट्याङ्कीमा फेला परेको हो । रासस