Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


नेप्से मात्र हरियो, कारोबार न्यून


0
Shares

काठमाडौं, फागुन ९। साताको अन्तिम दिन सेयरबजार सामान्य अंकलेमात्र हरियो रहेर थामियो । कारोबार भने यसदिनपनि न्यून नै रह्यो ।

बजार परिसूचक नेप्से करिब १ अंकले सकारात्मक रहेर ११ सय १३ कायम भएर थामिएको हो ।

यसदिन जलविद्युत्, उत्पादनमूलक र लघुवित्त समूह रातो रहे भने अरु हरियो रहे ।

यसदिन १५५ कम्पनीका ४ लाख ७५ हजार कित्ता सेयर जम्मा साढे १६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।