Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आइपिएलमा दिल्ली र कोलकाताको जित


0
Shares

शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका डेभिड वार्नरले सर्वाधिक २६ रन बनाँउदा शिखर धवनले २३ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । रोबिन उथप्पाले ६८ रन बनाएको ईनिङमा मनिष पाण्डेले ४६ रन जोडे ।

त्यसैगरी दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किङ्स ईलेभेन पञ्जावलाई ५१ रनले हराएको छ । खेलमा दिल्लीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो ।

पञ्जाबका अक्षर पटेलले ४४ रन तथा डेविड मिलरले २४ जोडे । दिल्लीका क्रिस मोरिसले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो । दिल्लीका लागि साम बिलिङ्सले ५५ रन तथा कोरे एण्डर्सनले ३९ रन बनाए ।

जितपछि तेस्रो स्थानको दिल्लीको तीन खेलबाट चार अंक भएको छ । चार खेलबाट चार अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ ।