बैशाख १ र २ मा तीन लाखभन्दा बढी पर्यटक लुम्बिनी पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । १ गते मात्र एक लाख ६० हजार पर्यटक लुम्बिनी घुमेका थिए ।
नयाँ बर्षको अवसरमा लुम्बिनी घुम्न पुगेका पर्यटकको संख्या अहिलेसम्मकै उच्च रहेको कोषले जनाएको छ ।
लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शनका बेला मायादेवी मन्दिर प्रवेशद्वारमा नियमित रुपमा रेकर्ड राख्ने गरिए पनि भीड बढेकाले राख्न नसकिएको कोषले जनाएको छ ।
लुम्बिनी घुम्न पुग्नेमा अधिकांश नेपाली र केही विदेशीसमेत रहेका थिए ।
लुम्बिनी बिकास कोषले लुम्बिनीस्थित सेन्ट्रल क्यानलमा डुंगा सञ्चालनमा ल्याएपछि पर्यटकको चाप झनै बढेको हो । अहिले लुम्बिनीमा पर्यटकको चाप त्यत्तिकै मात्रामा छ ।
लुम्बिनीमा पर्यटकको चाप बढेसँगै लुम्बिनीमा रहेका तारेदेखि सामान्य होटलसमेत खचाखच भएका छन् ।









प्रतिक्रिया दिनुहोस्