Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


मधेसी मोर्चा र संघीय गठबन्धनद्वारा निर्वाचन बिथोल्ने गरी आन्दोलन घोषणा


0
Shares

आफूले चाहेजस्तो गरी संविधान संशोधन गर्न नखोजिएको भन्दै स्थानीय निर्वाचनकै विरुद्धमा आन्दोलन घोषणा गर्दै उनीहरुले चुनाव गर्न नदिने उद्घोष गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मोर्चाका नेताहरुले बैशाख ५ गतेदेखिको आन्दोलनको कार्यक्रम सार्वजनिक गरे । उनीहरुले चुनाव बिथोल्ने उद्देश्यसहित मधेश, थरुहट, लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ देखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने उल्लेख छ ।

बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्द र लाठी तथा मसाल जुलुसका कार्यक्रम ल्याइएका छन् । २७ गतेदेखि भने चुनाव लक्षित गरी आम हड्ताल घोषणा गरिएको छ ।

चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गते पनि बन्दको घोषणा गरिएको छ ।

मोर्चाका नेता उपेन्द्र यादवले सरकारले प्रस्ताव गरेको सीमांकन आयोगले समाधान नदिने बताए ।

संविधानमा आफ्ना विषयहरु नसमेटेको र संविधान संशोधनमा पनि प्रदेश सीमांकन छुटाएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको हो ।

Skip This