Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण तयारी पुरा : गृहमन्त्री


0
Shares

आइतबार बसेको संसदको राज्य ब्यवस्था समिति बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभुति हुने बताए ।

समयमै निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

गृहमन्त्री निधिले सरकार अझै आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर उनीहरुलाई निर्वाचनमा सहभागी गराउन प्रयत्नशील रहेको पनि बताए ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । यसपटक राष्ट्रिय स्तरमा मात्रै निर्वाचन अवधिमा पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ थियो ।

अन्य विदेशी निकायहरुलाई पर्यवेक्षणमा सहभागी नगराइने भन्दै उनले नेपालस्थित कुटनीतिज्ञहरुले भने परराष्ट्रमन्त्रालयको स्वीकृतिमा सर्वेक्षण गर्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।

बैठकमा सांसदहरुले निर्वाचनका लागि उचित वातावरण बनाउन आग्रह गरेका थिए ।