पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई सो पत्र बुझाएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
आयोगले गत चैत ४ गते सो पार्टीले अवलम्बन गरेको सिद्धान्तमध्ये ती दुई विषय संविधानानुकूल नरहेको भन्दै खारेज गरेको थियो ।
त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त डा. यादवलाई ज्ञापनपत्र बुझाइएको थियो ।
उपाध्यक्ष तामाङले मुलुकमा भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागी भइ जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय पुनःविचार गर्नुपर्ने माग गरे । रासस









प्रतिक्रिया दिनुहोस्