Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारतमा नेपाली टोलीको शानदार जित, त्रिपुरा ८–० ले पराजित


0
Shares

काठमाडौं, फागुन ९ । भारतको गुवाहाटीमा जारी २१ वर्षमुनिको ‘डा. तालिमेरेन टीओ फुटबल च्याम्पियनसिप’ फुटबलको दोस्रो खेलमा नेपाली टोलीले शानदार प्रदर्शन गरेको छ ।

बिहीबार नेपालको एन्फा–११ टोलीले त्रिपुरा फुटबल टोलीलाई ८–० को फराकिलो अन्तरले हराएको हो ।

अभिषेक रिजाल एक्लैले ४ गोल गरे । त्यसैगरी, प्रेजन तामाङले २ तथा रेजिन सुब्बा र धीरज श्रेष्ठले १/१ गोल गरे ।

बुधबार पहिलो खेलमा भने एन्फा टोली मेघालयसँग ३–२ ले पराजित भएको थियो ।

तेस्रो खेलमा नेपाली टोलीले शनिबार मणिपुरसँग खेल्नेछ ।