
घाँटीमा मासु पलाउने रोगबाट चार वर्षदेखि पीडित क्षत्रीको उपचारका लागि एनआरएनयूकेका संस्थापक रामशरण सिम्खडाको पहल तथा क्षत्री समाज बेलायतको संयोजनमा संकलित तीन लाख रुपैयाँ सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।
वरिष्ठ अभिनेता कृष्ण मल्ल तथा अभिनेत्री जान्वी बोहराले उक्त रकम बिरामी क्षत्रीलाई नै हस्तान्तरण गरेका हुन् ।
गत हप्ता सन्चारमाध्यम तथा सामाजिक सन्जालमा आर्थिक अभावले क्षत्रीले उपचार गराउन नसेकेको खबर सार्वजनिक भएपछि बेलायतमा बस्ने नेपालीहरुले तीन दिनमा उक्त रकम संकलन गरी पठाएको बताइएको छ ।
कलाकार क्षत्रीले दर्जनौं नाटक, ‘थोरै भए पुगीसरी’ र ‘चेतना’जस्ता टीभी सिरियल तथा ‘झोला’, ‘अधिकार’, ‘मसान’ र ‘दर्पण’जस्ता ंचलचित्रमा अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्