Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सेयर बजारमा उल्लेख्य गिरावट


0
Shares

मधेसी मोर्चाले चुनाव बहिस्कार गरी आन्दोलन घोषणा गरेसँगै निरन्तर उकालो लाग्दै गरेको सेयर बजारमा उच्च गिरावट आएको विश्लेषण गरिएको छ ।

कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ३ सय २२ अंकको गिरावट आयो ।

होटल समूहमा ६२ अंक, उत्पादनमूलक समूहमा ५९ अंक अनि विकास बैंक समूहमा ४९ अंकको कमी आयो । वाणिज्य बैंक समूह ४४ अंकले र जलविद्युत् समूह पनि ३८ अंकले ओरालो लाग्यो । वित्त र अन्य समूह भने सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको १६ लाख ८७ हजार कित्ता सेयर १ अर्ब २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।