
आज अप्रिल १६ अर्थात् चाप्लिनको जन्मदिन । सन् १८८९ अप्रिल १६ का दिन लन्डनमा गरिब पारिवारिक पृष्ठभूमिमा जन्मेर स्कुलसमेत जान नपाएपछि माग्दै हिँड्ने चाप्लिन कसरी महान् कलाकार बने त ?
चाप्लिनको निजी जीवनीलेखक डेभिड रोविन्सन्ले लेखेको चाप्लिन र उनको जीवनसँग जोडिएका केहि अनौठा घटनाहरु यस्ता छन् ।
उनको पूरा नाम चार्ली स्पेन्सर चाप्लिन हो । उनको बाल्यकाल निकै दुःखमा बित्यो । उनका बाबु रक्सी नपिइ बस्न सक्दैनथे र उनको आमालाई सधैं कुटेकै कारण आमा पागल भएकी थिइन् । त्यसपछि सात वर्षको उमेरमै चाप्लिन अनाथालयमा बस्न थाले ।
१३ वर्षकै उमेरमा उनले ‘शेरलक होम्स’ नामक नाटक खेलेर पहिलोपटक पैसा कमाएका थिए । चार्ली चाप्लिन आफैंले लेखेको फिल्म आफैं बनाउँथे, खेल्थे, संगीत कम्पोज्ड गर्थे र निर्देशनसमेत उनी आफैं गर्थे ।
उनका सबै फिल्म श्यामश्वेत र बिनाआवाजमा रेर्कड गरिएका छन् । सन् १९४० मा संसारकै क्रुर हिटलरको भूमिकामा ‘द ग्रेट डिटेक्टर’ फिल्ममार्फत् उनले हिटलरको मजाक उडाएर आफू कहिल्यै कम्युनिष्ट नभएको स्पस्ट पारेका थिए ।
चाप्लिनले सन् १९७३ मा ‘लाइम लाइट’ फिल्मको लागि उत्कृष्ट संगीत कम्पोज्ड गरेबापत अस्कर अवार्ड पाएका थिए । सन् १९७५ मा उनलाई बेलायती महारानी एलिजावेथ द्वितीयले ‘नाइटहुड’को उपाधि दिएकी थिइन् ।
उनले जीवनभर चारजना महिलासँग विवाह गरेर ११ जना छोराछोरीका बाबु बने ।
चाप्लिनको ८८ वर्षको उमेरमा सन् १९७७ डिसेम्बर २५ का दिन स्वीट्जरल्यान्डमा स्ट्रोक (मस्तिस्कघात)का कारण सुतेकै अवस्थामा मुत्यु भएको थियो ।
सन् १९७७ मार्च १ का दिन कफनबाट चार्ली चाप्लिनको शव चोरी भएको थियो ।
प्रहरीले एक महिनासम्म खोज्दा पनि शव फेलापार्न सकेन । पछि उनकी श्रीमती नोवा चाप्लिनले चोरीमा संलग्नहरुलाई पैसा दिएपछि उनको शव नोभिल गाउँनजिक कपडाले बेरिएको अवस्थामा भेटिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्