उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले राज्य व्यवस्था समितिको आइतबारको बैठकमा व्यक्त गरेको धारणालाई आधार बनाएर एमाले सचिव भट्टराईले उनलाई यस्तो सुझाव दिएका हुन् ।
निधिले समितिको बैठकमा मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका थिए । सोमबार ट्वीट गर्दै उनले निधिलाई नेपाली कांग्रेसबाट मोर्चातिर काजमा जानुभन्दा स्थायी सरुवा हुनु नै राम्रो हुने बताएका हुन् ।
एमाले सचिव भट्टराईले ट्वीट गरेका छन्, ‘निधिजी, नेकाबाट मोर्चातिर काजमा जानुभन्दा स्थायी सरुवा हुनु नै राम्रो होइन र ? कथनी र करनी छुट्याउन दर्शकलाई सकस त हुने थिएन नि !’





प्रतिक्रिया दिनुहोस्