Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चालक निदाएका कारण बस दुर्घटना, चौध यात्रु घाइते


0
Shares

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

काठमाडौँबाट बुर्तिबाङतर्फ जाँदै गरेको ना६ख ३०६० नम्बरको रात्रि बस सोमबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते बुङ्गादोभानका ४८ वर्षीय जितबहादुर खड्का, बुर्तिबाङका ५० वर्षीया तिलदेवी छन्त्याल, बुङ्गादोभानकै ५५ वर्षीया जोमसरा बुढा र बुर्तिबाङ, रिठाबोटका ४३ वर्षीया लीला बिसीको धवलागिरि अञ्चल अस्पताल, बागलुङमा उपचार भइरहेको छ ।

घाइतेहरुको मुख, ढाडलगायतका अङ्गमा गहिरो चोट लागेको अस्पतालले जनाएको छ ।

चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल खड्काले जानकारी दिए ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । (रासस)