
पहिलो नेपाली तारा टपटेनमा आफ्नो नाम लेखाउन सफल बनेकी झुमा यतिबेला स्टेज कार्यक्रमहरुमा देखिन थालेकी छन् ।
हालै मात्र ‘सरगमश्री’ एल्बम मार्फत श्रोतामाझ आएकी झुमाले एकमहिना यता पूर्वी नेपालका आधा दर्जन स्टेज कार्यक्रम भ्याएकी छन् ।
सानै उमेर देखि आफ्नो प्रतिभा स्कूल, क्यापस, जिल्ला तथा राष्ट्रिय स्तरमा संगीतका पारखीहरुको मन जित्दै आएपनि पछिल्लो समय ओझेलमा परेकी थिइन् ।
चैत्र ५ गते भएको बुवा कोमल निरौलाको एकल साँझमा उनको गीतको एल्बम ‘सरगमश्री’ सार्वजनिक गर्ने साइत जुराइएकी थिइन् ।
इलाममा जन्मिएकी झुमाले पारिबारिक रुपमा नै सानो उमेरबाट नै संगितको ज्ञान पाएको कारण समेत उनको प्रतिभा तिखारिदै गएको बताइन् ।
स्टेज प्रोग्राममा उनी निक्कै रुचाइएकी कलाकार हुन् । वि.स.२०५५ सालमा जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम , २०५७ सालमा नेपाल टेलिभिजन को ‘ब्राइटर तिम्रो सुर मेरो गित’ मा प्रथम , २०६४ सालमा राष्ट्रिय नाच घरले आयोजना गरेको रास्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा समेत प्रथम भइसकेकी झुमाले पहिलो नेपाली तारा टप टेन समेत भइसकेकी छन् ।
उनको नयाँ एल्बममा सबिन भट्टराई ,घनश्याम पथिक ,कोमल निरौला ,गौतम डङ्गोल ‘सन्देश’ ,सौगात बानियाँ र कृष्ण अविरलका शव्दहरु समाबेश भएका छन् भने डेनी निरौला ,हरि लम्साल ,कोमल निरौला ,भिषण निरौला , सौगात बानियाँ र भुगोल दाहाल को संगित रहेको छ ।
‘सरगमश्री’मा समेटिएको ‘सोझी मान्छे’ बोलको गीतको म्युजिक भिडियो समेत तयार भएको छ । यसमा नायिका रिस्ता बस्नेत र सलिन भट्टराईको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्