-प्रकास लम्साल/ ईमेज
उनीहरु नेताहरु कहिले गाउँमा चुनावको कार्यक्रम लिएर आउँलान् भन्ने पर्खाइमा छन् । बारा जिल्लाका स्थानीय जनता आसन्न निर्वाचन तोकिएकै मितिमा गर्नुपर्ने बताइरहेका छन् ।
वर्षौदेखि आफैले चुनेका प्रतिनिधिबाट शाषित हुने इच्छा बोकेका बाराका बासिन्दा मधेसका लागि राजनीति गरिरहेको भन्ने नेताहरुले नै निर्वाचन गर्न नदिने भन्दै आन्दोलन घोषणा गरेपछि चिन्तित देखिएका हुन् ।
उनीहरु आफ्ना दलीय स्वार्थको ‘रोटी सेकाउन’ निर्वाचनमा सहभागी हुन पाउने आफ्नो नैसर्गिक अधिकार नखोस्न आग्रह गर्दछन् ।
उनीहरुको एउटै चाहना छ, तोकिएकै समयमा निर्वाचन हुनु पर्दछ । आफ्नै जनप्रतिनिधिबाट शासित हुने मात्र होइन विकास निर्माण र अधिकार आँगनमै आउने समयमा रडाको ननिकाल्न नेताहरुलाई उनीहरुको सुझाव छ ।
डेढ देशकसम्म मताधिकार प्रयोग गर्न नपाएको मात्र होइन विकास निर्माणको जिम्मा कर्मचारीतन्त्रलाई छाड्दा कस्ता विकृति आए र कसरी राज्यको ढुकुटीको दुरुपयोग गरियो भन्ने भुक्तभोगी उनीहरु विकासका लागि चुनावको विकल्प छैन भन्छन् ।





प्रतिक्रिया दिनुहोस्