काठमाडौं, फागुन ९ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकार उदासीन भएको भन्दै असन्तुष्टि जनाएको छ ।
बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले खरिद प्रक्रियामा व्यापक घोटाला भएको र घोटालामा संलग्नहरुलाई कारबाहीका लागि समितिले सिफारिस गरेपनि सरकारले आवश्यक कदम नचालेको भन्दै असन्तुष्टि जनाएको हो ।
समितिका अधिकांश सदस्यहरुले समितिका महत्वपूर्ण निर्णयहरु एकपछि अर्को गर्दै सरकार र सम्बन्धित निकायले कार्यान्वयनमा चासो नदेखाएको भन्दै निर्णयहरु कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने धारणा राखे ।
खरिद ऐनबारे निर्माण व्यवसायीसँग छलफल
बिहीबार समितिले सार्वजनिक खरिद ऐनबारे निर्माण व्यवसायीसँग छलफलसमेत गरेको छ ।
छलफलमा सहभागी निर्माण व्यवसायीहरुले मौजुदा सार्वजनिक खरिद ऐन ‘सानालाई ऐन र ठूलालाई चैन’जस्तो भएको भन्दै तत्काल संशोधन गर्न आग्रह गरेका थिए ।
उजुरी
यसैबीच, लेखा समितिमा दूरसन्चार फ्रिक्वेन्सी वितरण, गुठी जग्गा हिनामिना, तारागाउँ विकास समितिको सेयर, फोरजी टेन्डर अनियमितता र नेपाल वायुसेवा निगमको जहाज मर्मतलगायतका विषयमा उजुरी परेका छन् ।









प्रतिक्रिया दिनुहोस्