जिल्लामा खटाइएका प्रतिनिधिहरुलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई दिइने टिकटमा हस्ताक्षर गर्ने अधिकारसमेत दिइएको छ ।
कांग्रेसले जिल्ला जिल्लामा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्ने क्रम थालिसकेको छ ।
गाउँ र नगरपालिकाको तल्लो इकाईहरुले भेला र बैठक गरेर क्षेत्रस्तरमा उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिश गर्न थालेका छन् ।
कांग्रेसले क्षेत्रीय समिति र जिल्ला समितिलाई टिकट वितरणको अधिकार दिएपनि संविधान र निर्वाचन कानूनले जिल्ला संरचनालाई नचिन्ने भएकाले जिल्ला सभापतिले उम्मेदवारको टिकटमा हस्ताक्षर गर्न नपाउने भएपछि केन्द्रबाटै प्रतिनिधि खटाइएको हो ।
जिल्ला खटाइएका केन्द्रीय सदस्यहरुलाई टिकट वितरणको सम्पूर्ण अधिकार दिइएको हो । जिम्मेवारी पाएका नेताहरु जिल्ला जिल्लामा खटिन पनि थालेका छन् ।
जसअनुसार काठमाडौंमा डा. शशांक कोइराला, कास्कीमा रामचन्द्र पौडेल, मोरङमा कृष्णप्रसाद सिटौला, सुनसरीमा महेश आचार्य, सप्तरीमा डा.शेखर कोइराला, धनुषामा चित्रलेखा यादव, सर्लाहीमा विमलेन्द्र निधि, महोत्तरीमा सीतादेवी यादव, सिन्धुपाल्चोकमा अर्जुननरसिंह केसी, नुवाकोटमा प्रकाशमान सिंह, धादिङमा डा. रामशरण महत, भक्तपुरमा सुजाता कोइराला, ललितपुरमा अम्बिका बस्नेतसहित ७५ वटै जिल्लामा प्रतिनिधि तोकिएका छन् ।





प्रतिक्रिया दिनुहोस्