Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘मदिरा सेवनबाट’ युवकको मृत्यु


0
Shares

सोमबार बिहान औरही गाउँपालिका–३ का २८ वर्षीय रामउमेद यादव आफ्नै घरमा मृत अवस्थामा ओछ्यानमा फेलापरेका हुन् ।

आइतबार राति अबेर मृतक यादवले गाउँमा अत्यधिक मात्रामा मदिरा सेवन गरी आएको र बिहान ओछ्यानमा मृत अवस्थामा फेलापरेको इप्रका, गौशालाले जनाएको छ ।

मृतक यादवको शरीरमा कहीँ चोटपटक नलागेको, पेट फुलेको, नाकबाट रगत आएको र मुखबाट मादकपदार्थको गन्ध आएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले यादवको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

मृतक यादवको शव परीक्षणका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए । रासस