Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


वैशाख ८ गते सार्वजनिक बिदा नहुने


0
Shares

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन वैशाख ४ गते नेपालभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।

यसअघि, आइतबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत् राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुबै दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

उनी भ्रमण पूरा गरी यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । रासस