Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


एमालेले निर्वाचन सहयोग समिति गठन गर्ने


0
Shares

एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको मोर्चा संगठनको बैठकमा सबै जनसंगठनले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आ–आफ्नो संगठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गतेभित्रमा सुझाव तथा अवधारणा पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत् गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए ।

स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सबै जनसंगठनलाई निर्वाचनको तयारी तथा प्रचार–प्रसारको काममा परिचालन गर्न निर्देशन दिएकोसमेत उनले बताए ।

यसैगरी, बैठकले यही वैशाख २० गतेसम्ममा सबै जनसंगठनले निर्वाचनसम्बन्धी अपिललगायतका प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउँमा पुर्‍याइसक्ने निर्णय गरेको छ ।

पार्टी सचिव तथा मोर्चा प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा सोमबार बसेको बैठकमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीकाबारेमा छलफल गरी सो निर्णय गरेको हो । रासस