Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


५ करोडको लागतमा जिरीखिम्ती-मोराहाङ सडकको स्तरोन्नति सुरु


0
Shares

करिब एक दशकअघि ट्रयाक खोलिए पनि सडकको नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती ब्यहोरिरहेका थिए ।

आउँदो भदौभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चनजंघा, पाण्डुकेशर र वाईपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ ।

निर्वाचन क्षेत्र सडकअन्तर्गत ५ करोड लागतमा सडकको स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए ।

यसवर्ष ६ किलोमिटर ग्राभेलसहित नाली निर्माण, ग्याभिङ, फिलिङलगायतका काम गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक निर्माणपछि जिरीखिम्ती, आम्बुङ, मोराहाङ, श्रीजुङ, पौठाकलगायत गाउँबासीलाई सदरमुकाम म्याङलुङ्ग र पूर्वी तराईसम्म पुग्न सहज हुनेछ ।