
हाँस्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा सप्तरीको गम्हरीया प्रवाहामा रहेका अतिबिपन्न तीन दृष्टिबिहिन परिवारका १७ सदस्यका लागि घर निर्माण सुरु गरेका हुन् । शनिबार घरको शिलान्यास गरिएको छ ।
शिलान्यास हाँस्य कलाकार तथा समाजसेवीद्धय धुर्मस–सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे)ले गरेका हुन् ।
शिलान्यास गर्दै सिताराम कट्टेल‘धुर्मुस’ले जिग्री–पाँडे प्रतिष्ठानबाट राम्रो कार्यको सुरुवात भएको र सामाजिक कार्यमा आउने दुःखहरुबाट हरेस नखाई निरन्तर अघि बढ्न सल्लाह दिएका थिए ।
उनले भने, ‘काम गर्न निकै चुनौतिपुर्ण छ । धेरै बाधाअर्चन खेपनुपर्छ । यी कुराहरुलाई मनन् गर्दै काममा अघि बढ्नु ।
काम गर्दै जाँदा भोली कसैले पनि प्रश्न उठाउने वातावरण सिर्जना नगर्नु । किनकी मैले तीन÷तीन वटा बस्ती निर्माण गर्दा भोगेको छ ।’
सितारामले उक्त गाउँका दृष्टिबिहिनहरुसँग त्यहाँको अवस्था बारे बुझ्दै भने, ‘यहाँको परिस्थिती देख्दा मन थाम्न सकिएन ।
दर्दनाक पिडा बोकेको यो परिवारलाई उद्धार गर्न लागेका मेरा भाई चेलाहरु तथा जिग्री पाँडे प्रतिष्ठानलाई मेरो तर्फबाट हर किसिमको सहयोग हुने छ भन्दै आशिर्वाद दिए ।
त्यहाँको परिस्थिती बारे जिग्री पाँडेले बिगत केही महिना अघि कान्तिपुर राष्ट्रिय दैनिकमा यी दृष्टिबिहिनहरुको समाचार पढेपछि आँफूहरुलाई सहयोग गर्ने इच्छा भएर राजविराजमै आएको जिग्रि पाँडे प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए ।
उनले भने, ‘हामी दृष्टिबिहिन परिवारका लागी लत्ताकपडाहरु सहयोग गरौं भनेर यहाँ आएका थियौं तर, यहाँ आईसकेपछि उहाँहरुलाई आवासको पनि समस्या रहेछ त्यो देखेपछि हामीले घर बनाईदिने योजना गरेका हौं ।’
करिब ३० लाख लगानीमा बन्न लागेको ३ घरका लागि देश तथा विदेशबाट अहिलेसम्म करिब १५ लाख सहयोग जम्मा भइसकेको र अझै करिब १५ लाख सहयोग जुट्न बाँकी रहेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिनका लागी प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल (जिग्री)ले अनुरोध गरेका छन् ।
उनीहरुले १५ लाखमा तीन घर निर्माण गर्ने र बाँकी १५ लाखले उनीहरुको स्वस्थ्य उपचार तथा शिक्षामा खर्च गर्ने बताएका छन् ।
यो अभियानमा जिग्री पाँडे प्रतिष्ठान नेपालसँगै सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहपनि सँगै सहयोगमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्