Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मनपरी शुल्क लिने विद्यालयहरु कारवाहीमा पर्छन: मन्त्री पौडेल


0
Shares

मंगलबार शिक्षा मन्त्रालयमा संयुक्त बिद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै उनले सरकारको निर्देशन पालन गरे नगरेको अनुगमन गरेर निर्देशन पालना नगर्ने विद्यालयलहरुलाई कारवाही गरिने वताए ।

कुनै बिद्यालयले मनपरी शुल्क लिएको पाइएमा मन्त्रालयमा जानकारी गराउन पनि उनले आग्रह गरे ।

मन्त्री पौडेलले केही विद्यालयलाई कालो सूचीमा राखेर कारवाहीको तयारी भइरहेको जानकारी समेत दिए ।

बिद्यार्थी संगठनहरुले नीजि क्षेत्रका विद्यालयहरुले चर्को शुल्क लिएको भन्दै त्यस्ता विद्यालयलाई कारवाही गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।