मंगलबार बिहान १०ः३० बजेदेखि निस्केको आगोको मुस्लो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेपनि आगो निभाउन सकिएको छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।
आगोको मुस्लो बढ्दै गएपछि आसपासका घरमा जोखिम बढेको पूर्वगाविस अध्यक्ष शशिजंग थापाले बताए ।
पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको थियो । रासस










प्रतिक्रिया दिनुहोस्