Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


सुतिरहेको अवस्थामा युवकको ‘रहस्यमय’ मृत्यु


0
Shares

मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव बेलुकासम्म नउठेपछि परिवारले उठाउन खोज्दा उनको मृत्यु भइसकेको जानकारी पाइएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

परिवारले उनको मृत्यु के–कति कारणले भएकोबारे केही थाहा नभएको बताउँछन् भने प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान अगाडि बढाउनुका साथै मृतक यादवको शव परीक्षणका लागि जलेश्वर जिल्ला अस्पताल पठाइएको जनाइएको छ । रासस