Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


कपास उद्योगमा आगोलागी, साढे २३ लाखको क्षति


0
Shares

मंगलबार दिउँसो विद्युत सर्ट भइ देवीथान कपास उद्योगमा लागेको आगोले उद्योग पूर्णरुपमा जलेर नस्ट भएको छ ।

आगोलागीमा उद्योग घर, उपकरण, कपासलगायतका सामान जलेर नस्ट भएका छन् ।

आगोलागीबाट ३५ सय केजी रुवा, एक मेसिन, दुईथान ग्यास, चारओटा मोबाइल, उद्योग घर, उपकरण र दैनिक उपभोग्य वस्तुहरु जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगोलागीबाट २३ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

उदयपुरको गाईघाटमा व्यवसाय गर्दै आएका खड्काले महिना दिनअघिमात्र कपास उद्योग स्थापना गरेका थिए ।