
नुवाकोट दाङसिंहका तीन महिलासँग ठमेल व्यापार संघको सदस्य बनाइदिने र त्यसबाट राम्रो कमाई हुने प्रलोभन दिएर रु २६ लाख ६४ हजार ठगी गरेको उजुरीका आधारमा तामाङलाई प्रक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
‘गाउँका सोझासिधा महिलालाई व्यापार संघको सदस्य बनाइदिने र विदेश सामाग्रीको बिक्री गरी दुई वर्षमा दोब्बर रकम कमाई हुने भन्दै पैसा उठाएको पाइया’ प्रहरी निरीक्षक बस्नेतले भने ।
पक्राउ परेका तामाङले प्रहरीसमक्ष दाङसिङका माहिली तामाङसँग रु १० लाख ६४ हजार, सिर्जना लामासँग रु ६ लाख ५० हजार र भीममाया तामाङसँग रु नौ लाख ४० हजार लिएको स्वीकारेका छन् ।
तामाङलाई प्रक्राउ गरेपछि दाङसिंहसहित अन्य स्थानबाट आफूलाई पनि ठगी गरेको भनी उजुरीहरू आइरहेकाले के कति जनासँग कति रकम ठगी गरेको भनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको साविकको बतासे–८ का लामा ‘सेते कुमार’को नामबाट नुवाकोटमा धामीझाँक्री पेसा गर्दै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्