फाइल फोटो
मंगलबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री जोशीले अहिले जनमानसमा उद्योग मन्त्रालयबाट धेरै अपेक्षा रहेको भन्दै जनअपेक्षालाई पूरा गर्न मन्त्रालय र मन्त्रालयअन्तर्गतबाट प्रदान गरिने सेवालाई छिटो–छरितो र पारदर्शी बनाउन निर्देशन दिएको जनाइएको छ ।
अहिलेको समय आर्थिक क्रान्तिका लागि उपयुक्त समय भएको भन्दै मन्त्री जोशीले आर्थिक परिवर्तनको सम्बाहक उद्योग मन्त्रालय बन्नसक्ने पनि उल्लेख गरेको जनाइएको छ ।
उद्योग मन्त्रालय सम्हालेको ७ महिनाको अवधिमा धेरै उपलब्धि प्राप्त भएको भन्दै मन्त्री जोशीले प्राप्त उपलब्धिलाई सन्तुष्टि होइन, खुसी मानेर थप उपलब्धिका लागि कार्य गर्न सामूहिक प्रयासको खाँचो रहेको भन्दै उद्योग मन्त्रालयले लिएको लक्ष प्राप्तिमा सघाउन कर्मचारीहरुलाई आग्रह गरेको जानकारी गराइएको छ ।









प्रतिक्रिया दिनुहोस्