Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्रीलाई फोटो पत्रकार समूहको ७ बुँदे ज्ञापन


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मंगलबार ज्ञापनपत्र बुझाइएको हो ।

फोटो पत्रकारहरुको कार्यालय भवन स्थापनामा सहयोग गर्न, न्यूनतम् पारिश्रमिक निर्धारण गर्न, जीवन बीमाको व्यवस्था गर्न, सूचना विभागबाट प्रेसपासको व्यवस्था गर्न, राजकीय र उच्चस्तरीय भ्रमणहरुमा सहभागी गराउनुपर्नेलगायतका माग फोटो पत्रकारहरुले राखेका छन् ।

उनीहरुले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न र वार्षिक सम्मानको व्यवस्था गर्न पनि माग गरेका छन् ।