Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बाँसका मुढा चीन निर्यात हुन छाडेपछि गोदाममै थन्किए


0
Shares

सडक नहुँदा एक वर्षदेखि मुढा चीन निर्यात हुन नसकेको हो । सडक चलेका अवस्थामा प्रतिवर्ष ४० देखि ५० लाखसम्म बाँसका मुढा र डाइनिङ्ग टेबलका सेट चिनियाँ बजारमा निर्यात हुँदै आएको थियो ।

सरकारी सुविधाले आफूहरुलाई दैनिकी चलाउन नपुग्ने र अन्य खर्चका लागि मुढालगायत हस्तकलाका सामान बनाई बेच्ने गरेकामा अहिले खर्च धान्न समस्या भएको कैदीबन्दी बताउँछन् ।

स्थानीयस्तरमा उत्पादित बाँस, साईकलमा प्रयोग भइसकेका थोत्रा टायरलगायतका वस्तुबाट आकर्षक मुढा, डाईनिङ्ग टेवल जस्ता सामग्री बनाउने गरिएको छ ।

प्रतिमुढाको मोल तीन सयदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । मुढा लगायतका सामग्री काठमाडौं, पोखरा, चितवन र धादिङका बजारमा पनि बिक्री हुने गरेको छ ।