३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


बाबरी मस्जिद विध्वंश मामलामा भाजपाका शीर्ष नेतामाथि मुद्दा, आडवानी पनि तानिए


0
Shares

आपराधिक षडयन्त्र रचेको आरोपमा मुरली मनोहर जोशी, उमा भारती लगायत १० नेताविरुद्ध मुद्दा दायर गर्न अदालतले बुधबार आदेश दिएको हो ।

न्यायाधीशद्वय पीसी घोष र रोहिंटन नरीमनको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

६ डिसेम्बर १९९२ मा हजारौंको संख्यामा हिन्दू धर्मावलम्बी कार्यकर्ताले अयोध्यास्थित बाबरी मस्जिद भत्काएका थिए । सो घटनापछि साम्प्रदायिक दंगा भएको थियो ।

भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ) ले अदालतमा दायर गरेको रिटमाथि लामो बहसपछि अदालतको यस्तो फैसला आएको हो ।

अदालतले यो मुद्दामा दैनिक सुनुवाइ हुने र मुद्दा नटुंगिएसम्म सुनुवाइ गर्ने न्यायाधीशको सरुवा समेत नहुने प्रष्ट पारेको छ ।

उल्लेखनीय छ, लालकृष्ण आडवानी भारतको आगामी राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ दलको उम्मेदवार बन्ने चर्चा चलिरहेको समयमा उनीविरुद्ध मुद्दा दायर हुने भएको हो । (एजेन्सी)