३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


‘रातो घर’ जेठ १९ देखि प्रदर्शनमा, ट्रेलरमा यस्तो देखियो (भिडियो)


0
Shares

यसअघि, ‘सायद’, ‘बाटोमुनिको फूल’लगायतका सफल चलचित्र निर्देशन गरिसकेका सुब्बा फिल्म ‘रातो घर’मार्फत् दर्शकमाझ आउन लागेका हुन् ।

आगामी जेठ १९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । हालै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।

‘रातो घर’मा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई सुरज सुब्बा, विल्सन विक्रम राई र निकेश लिम्बूले मिलेर बनाएका हुन् ।

फिल्ममा हरि लामाको छायाँकन, बिपीन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व, महेश खड्काको शब्द/संगीत रहेको छ ।

ट्रेलर हेर्नुहोस्