उतार–चढावबीच बजार परिसूचक नेप्से ५० अंक बराबरले उकालो लागेर १६ सय ६२ पुगेर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूह उकालो लागे ।
बीमा समूहमा सबैभन्दा उच्च २ सय ९२ अंकको सुधार आयो । होटल समूहमा पनि ८७ अंकको बृद्धि आयो । विकास बैंक समूह ६९ अंकले र जलविद्युत् समूह पनि ६८ अंकले उकालो लागे ।
वाणिज्य बैंक समूहमा पनि ४९ अंकको बृद्धि आयो । वित्त समूह पनि दोहोरो अंकले बढ्दा उत्पादनमूलक समूह सामान्य अंकले सकारात्मक रह्यो । अन्य समूह नगन्य अंकले ऋणात्मक रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको १८ लाख बराबर कित्ता सेयर १ अर्ब ७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्