Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


वीरगन्जमा चारतारे होटल सन्चालनमा


0
Shares

वीरगन्ज, फागुन ८ । मुलुककै आर्थिक राजधानीकारुपमा परिचित वीरगन्जमा करिब एक अर्ब रुपैयाँको लगानीमा एकमात्र चारतारे होटल सन्चालनमा आएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर–१०, आदर्शनगरस्थित पुरानो बसपार्कछेउमै चारतारे होटल दियालो एन्ड लर्ड्स प्लाजा सन्चालनमा आएको हो ।

चारतारे होटलको बुधबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे ।

वीरगन्ज महानगरकै मुख्य केन्द्र आदर्शनगरमा खुलेको चारतारे होटल वीरगन्जका उद्योगपतिहरुले भारतमा मुख्यालय रहेको लर्ड्स होटल ग्रुपसँग फ्रेन्चाइज गरेर सन्चालनमा ल्याएका  हुन् ।

कांग्रेस नेता एवं पूर्वसांसद उद्योगपति अनिल रुंगटा, विशाल पटवारी र निर्मल गुप्ताको संयुक्त लगानीमा यो होटल खोलिएको हो ।