काठमाडौं, फागुन ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा हुँदै आएको खाद्य मेलाको चौथो संस्करण यही फागुन १० गतेदेखि राजधानीको भृकुटीमन्डपमा सुरु हुँदैछ ।
‘परम्परागत पोषिला र स्थानीय खाद्यपदार्थको प्रवर्द्धन गरौं : असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ आयोजना हुने खाद्य मेला तीन दिनसम्म चल्नेछ ।
खानेबानी सुधारका लागि हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्यवस्तु र परिकारहरुको प्रचार–प्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा पोषणका क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारहरुको प्रवर्द्धन गर्ने एवं कृषकदेखि खाद्यउद्यमी, व्यवसायी र उपभोक्ताहरुलाई एकै ठाउँमा ल्याइ जानकारी दिनुपनि मेलाको उद्देश्य रहेको जनाइएको छ ।
मेलामा स्थानीय उत्पादनका १५, जानकारीमूलक २२, र उत्पादित वस्तुहरु बिक्री–वितरणका लागि ३८ ओटा स्टलसहित कुल ७५ ओटा स्टल रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्