Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सुनको मूल्य एकैदिन ६०० ले बढ्यो


0
Shares

काठमाडौं, फागुन ८ । सुनको मूल्य उकालो लाग्नेक्रम बुधबार पुनः जारी रह्यो ।

सुनको मूल्य बुधबार एकैदिन तोलामा ६०० रुपैयाँले बढ्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा ६०० ले बढेर तोलाको ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलाको ६२ हजार ७०० रुपैयाँमा स्थीर रहेको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४६ डलर हाराहारीमा कारोबार भएको थियो ।