काठमाडौं, फागुन ८ । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको सेयरबजार बुधबार पुनः दोहोरो अंकले नै ओरालो लाग्यो । कारोबारपनि खुम्चियो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ऋणात्मक रहेर ११ सय १२ मा आएर थामियो ।
उत्पादनमूलक सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । जीवनबिमा समूह सबैभन्दा उच्च १६७ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूह पनि १०५ अंकले झर्यो । लघुवित्त र विकास बैंक समूहपनि दोहोरो अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीका ६ लाख ८१ हजार कित्ता सेयर जम्मा १६ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्