Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मुसहर बस्तीको जग्गा दर्तामा राजस्व छुट, यस्ता छन् मन्त्रिपरिषदका निर्णय


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जग्गा र घरको मालपोतमा दर्ता गर्दा लाग्ने शूल्क मिनाहा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिने निर्णय पनि गरेको छ ।

यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

वायुसेवा निगमको वाइड बढी खरिदका लागि जमानी बस्न पनि सरकार तयार भएको शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले जानकारी दिए ।

यसैगरी बैठकले सिन्धुलीको दुम्जामा बीपी कोइराला स्मृति पार्क र रामेछापमा पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको छ ।

यसैगरी काभ्रेको पाँचखालका हत्या भएका १८ बर्षीय अजित मिजार तिवारीको परिवारलाई दश लाख दिने निर्णय पनि गरेको छ । गत असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो ।

खेलकुद मन्त्री दलजित श्रीपाईलीको नेतृत्वमा गठित समितिले तयार पारेको रिपोर्ट बुझेपछि सरकारले यो निर्णय गरेको हो ।

यस्तै, सरकारले आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदासमेत पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि जान नसकेपछि पुँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय पनि गरेको छ ।