Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


तीन महिनाभित्र लेखापरीक्षण गराउन निर्देशन


0
Shares

काठमाडौं, फागुन ८ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका संगठित संस्थाको आगामी तीन महिनाभित्र लेखापरीक्षण गराउन निर्देशन दिएको छ ।

समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले बेरुजु फर्छ्योटमा कार्ययोजना बनाइ कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराइ सोको प्रगति मासिकरुपमा समितिमा पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

समितिले संगठित संस्थाको आर्थिक कारोबार, सार्वजनिक खरिद प्रक्रियामा देखिएका समस्या, विगतमा समितिबाट भएका निर्देशन कार्यान्वयन अवस्था, सार्वजनिक सेवा प्रवाहको स्थितिबारेमा छलफल गर्न बुधबार विभिन्न ३१ संस्थालाई बोलाएको थियो ।

सभापति शाहले संस्थाका प्रतिनिधिलाई आर्थिक कारोबार गर्दा बेरुजु कायम नहुनेतर्फ ध्यान दिन आग्रह गर्दै बेरुजु न्यूनीकरणमा आवश्यक सहयोग गर्ने कर्मचारीको सेवा–सुविधा तथा पुरस्कारको व्यवस्था गर्नका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले आफ्नो संस्थामा बेरुजु नभएको बताउँदै कार्यालयको लेखा प्रणाली र खर्च व्यवस्थापनकाबारेमा समितिलाई जानकारी गराएका थिए । रासस

Skip This